| Photo / Road To UFC |
आज साङ्घाईमा भइरहेको Road to UFC Season 5 को सेमिफाइनलमा नेपालका रविन्द्र ढाँटले अस्ट्रेलियाका फाइटर काशिपलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्। यो रविन्द्रको Road to UFC मा लगातार दोस्रो जित हो। देश बाढी–पहिरोको पीडामा रहेका बेला उनले नेपाली जनता र मातृभूमिको अवस्थालाई मनमा राख्दै अत्यन्त संयमित र रणनीतिक ढंगले आफ्नो खेल प्रस्तुत गरे। कठिन परिस्थितिबीच प्राप्त यो जितले नेपाल र नेपालीलाई केही क्षण भए पनि खुसी र गर्वको अनुभूति दिएको छ।
फाइटपछि रविन्द्रले UFC को मञ्चबाटै आफ्नो देश र अहिले दुःखमा रहेको नेपाली जनतालाई सम्झिए। उनको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई अन्तर्राष्ट्रिय खेलकुदको ठूलो मञ्चमा नेपालको नाम र झण्डा उचाल्ने प्रयास पनि बनेको छ। बाढी–पहिरोले पीडित देशलाई जितको खुसी दिन सफल रविन्द्र अब Road to UFC को फाइनलमा उपाधि र UFC को मुख्य मञ्चमा प्रवेश गर्ने लक्ष्यसहित अघि बढेका छन्।
#RabindraDhat #RoadToUFC #Nepal #UFC #TeamNepal