लोकप्रिय सर्जक अनिपाल कार्की “सुप्रिम” र संगीता बढुवालको दर्शकको मन जित्ने गीत

 


तस्बिर  / गीत कभर 

सर्जकका अनुसार यो गीतले देउडा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा लोकसंस्कृतिप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।

मुगु जिल्लाका लोकप्रिय सर्जक अनिपाल कार्की (सुप्रिम) द्वारा सिर्जित नयाँ देउडा गीत “आइ लभ यू किचकिच्या (I LOVE YOU KICHKICHYA)” सार्वजनिक गरिएको छ। उक्त गीत त्रिशूल विधाको तीन टुक्के शैलीमा तयार पारिएकोगीतमा शब्द, संगीत तथा स्वर स्वयं अनिपाल कार्की (सुप्रिम) को रहेको छ भने बहुचर्चित लोक देउडा गायिका संगीता बढुवालले पनि स्वरमा साथ दिएकी छन्। गीतमा अभिनय पनि कलाकारद्धय दुबैकोरहेको छ ।  लोपोन्मुख शब्द र ग्रामीण बोलीको प्रयोग गरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको ध्यान आकर्षित गर्न सफलहुने अपेक्षा गरिएको छ ।

तस्बिर / गायक , गायिका 


गीतलाई “Anipal Karki Supreme” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। साथै, यस गीतलाई स्वर्गीय दाजु कविराज कार्की (राजिव) प्रति समर्पित गरिएको उल्लेख गरिएको छ।गीतमा प्रेम, हास्य, व्यङ्ग्य तथा ग्रामीण जीवनशैलीलाई तीन टुक्के शैलीमार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा गीतका अंशहरू अहिले भाइरल भइरहेका छन्।  

गीत हेर्नुहोस ; 

#मुगु #अनिपालकार्की #सुप्रिम #देउडा #लोकगीत #देउडा_गीत #संगीताबढुवाल #I_Love_You_Kichkicha #भुंईदेउडा #लोकसंस्कृति #नेपालीगीत #नयाँगीत #लोकसंगीत #भाइरलगीत #संगीतप्रेमी #ग्रामीणसंस्कृति