| फोटो / गीत कभर |
गीतमा लोक लयलाई आधुनिक संगीतसँग फ्युजन गरिएको गीतमा स्थानीय संस्कृति र जनजीवनको सुन्दर चित्रण गरिएको छ।
मटक मटक कम्मर वाली ओठै रातो लाली खुबै सुरत लागि मलाई केटी गडवाली
गढवाल कुमाउ, साथुमे घुमाउ
यस्तै टिपिकल शब्दमा लोकप्रिय गायक सुरज पण्डित र दर्शना गन्धारीको स्वरमा लोक तथा आधुनिक शैलीको नयाँ नेपाली गीत ‘गढवाल कुमाउ’ सार्वजनिक भएको छ। सुरज पण्डितको शब्द तथा संगीत रहेको गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। गीतले नेपालको पश्चिमी भेग तथा भारतका गढवाल–कुमाउ क्षेत्रको लोकसंस्कृति, रहनसहन, माया–प्रेम र सामाजिक सम्बन्धका भावनात्मक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
| तस्बिर / कलाकार ; धन बहादुर थापा, उषा उप्रेती |
गीतमा लोक लयलाई आधुनिक संगीतसँग फ्युजन गरिएको गीतमा स्थानीय संस्कृति र जनजीवनको सुन्दर चित्रण गरिएको छ। जोन बमको शब्द संयोजन र पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतले मौलिक लोक स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरेको छ। भिडियोमा धनबहादुर थापा र उषा उप्रेतीको अभिनय रहेको छ भने विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ। सुरज पण्डितका यसअघिका चर्चित सिर्जनाझैँ ‘गढवाल कुमाउ’ पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
| तस्बिर / गायक सुरज पण्डित |
पुरा गीत हेर्नुहोस ;-
#GadhawalKumau #SurajPandit #DarshanaGandhari #NewNepaliSong #NepaliMusic #MusicVideo #SongRelease #NepaliSong