| भिडियो पोस्टर |
- कमल बिरही थापा
“बिझाउँदैगो फुलैको थुङ्गालेखोली छेक्यो खोलिकै ढुङ्गालेबन जलेर हो…बन चरी रोएको बन जलेर होम रुदै हिँडेको मन जलेर हो…”
यिनै हृदय छुने शब्दसँगै नयाँ लोकगीत ‘मन जलेर हो’ सार्वजनिक भएको छ। लोकभाकाको मिठास, मायाको पीडा र मनको व्यथा बोकेको यस गीतमा नेत्र भण्डारी र सम्झना शाहको सशक्त स्वर सुन्न सकिन्छ। गीतलाई कृष्ण शताब्दीले शब्द तथा संगीतमार्फत जीवन दिएका हुन्।
गीतले प्रेममा भएको विछोड, पीडा र भित्री मनको जलनलाई ग्रामीण परिवेशसँग जोडेर अत्यन्त भावुक शैलीमा प्रस्तुत गरेको छ। गीतका शब्दहरू सरल भए पनि गहिरो भाव बोकेका छन्, जसले जो-कोही श्रोतालाई भावुक बनाउने सामर्थ्य राख्छ।
कृष्ण शताब्दी अफिसियलमार्फत सार्वजनिक गरिएको गीतको संगीत संयोजन पनि कृष्ण शताब्दी स्वयंले गरेका छन्। कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेको गीतलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियो पक्षमा विक्रम चौहानको निर्देशन रहेको छ भने भीम खड्का र अनुजा सिंहले उत्कृष्ट अभिनय गरेका छन्। प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन तथा पोस्टर डिजाइन र मिन रावलको कलर ग्रेडिङले भिडियोलाई अझ आकर्षक बनाएको छ।
लोक संगीतप्रेमीका लागि ‘मन जलेर हो’ भावनाले भरिएको एउटा उत्कृष्ट कोसेलीका रूपमा आएको प्रतिक्रिया दर्शक-श्रोताबाट प्राप्त भइरहेको छ।
गीत हेर्नुहोस् :
मन जलेर हो - आधिकारिक भिडियो
#NepaliLokSong
#KrishnaShatabdi
#NewNepaliSong
#LokDohoriSong