तस्बिर, क्रमशः दायाँबाट, सुरक्षा पन्त, लेखक शिवराज शाही, माधव चौलागाई, नयनराज पाण्डे ।
काठ्माण्डौं - युवा लेखक शिवराज शाहीको पहिलो कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ सार्वजनिक गरिएको छ। साहित्यकार नयनराज पाण्डे, पूर्वमन्त्री एवं लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र लेखक शाहीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
पुस्तकमाथि टिप्पणी गर्दै पाण्डेले कर्णालीको जीवन र समाजलाई गहिरो रूपमा प्रस्तुत गरिएको बताए। चौलागाईंले यसलाई कर्णालीको समाजशास्त्रीय दर्पणको संज्ञा दिए भने सुरक्षा पन्तले सङ्ग्रहका ११ वटै कथामा सिनेमा बन्न सक्ने सम्भावना रहेको बताइन्।
लेखक शाहीले कर्णालीका आमा तथा दिदीबहिनीका आवाजलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको बताए। कथाअनुसारका चित्र र थिमअनुसारको रंगीन फन्टमा प्रकाशित यो कृतिलाई बुकहिलले प्रकाशन गरेको हो।
#ShivrajShahi #EkManthEkDevata #BookLaunch #NepaliLiterature #Karnali #BookHill #NayanrajPandey #SurakshyaPant #MadhavChaulagain #RaralayaViews