शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक सभा आयोजना हुँदै


काठमाडौं- ‘बृहत् नागरिक आन्दोलन’ले शान्ति र सद्भावका लागि नागरिक सभा आयोजना गर्ने भएको छ। काठमाडौंको शान्तिवाटिकामा आयोजना हुने सभामा नागरिक, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

आयोजकका अनुसार सभाको मुख्य उद्देश्य  वर्तमान  नेपाली समाजमा घटिरहेको धार्मिक साम्प्रदायिक समस्या बारे मध्यनजर गर्दै शान्ति, सद्भाव  र सहअस्तित्वको वातावरण निर्माण गर्दै नागरिक एकता र सामाजिक उत्तरदायित्वका विषयमा आवाज उठाउनु हो। नागरिक सभा २०८३ साउन १६ गते (१ अगस्ट २०२६) शान्तिवाटिका, काठमाडौंमा आयोजना हुनेछ।

#बृहतनागरिकआन्दोलन#नागरिकसभा#शान्ति#सद्भाव #नागरिकआन्दोलन#काठमाडौं#शान्तिवाटिका #सामाजिकएकता#नागरिकएकता#Nepal #Kathmandu#Raralayaviews