| पोस्टर - गायक कमल बिरही थापा |
दक्षिण कोरिया- सुवनस्थित Greater Nepal Lounge Suwon मा यस शनिबार नेपाली मौलिक कला, संस्कृति र संगीतको विशेष कार्यक्रम हुने भएको छ। कार्यक्रममा लोकप्रिय सर्जक तथा परदेशीगायक कमल बिरही थापाले पुराना सदाबहार गीत, लोकगीत तथा देउडा गीत प्रस्तुत गर्नेछन्। पश्चिमेली भाकामा रमाउन चाहने नेपाली दर्शकका लागि कार्यक्रम विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
अगस्ट २९ शनिबार बेलुका ७ बजेपछि आयोजना हुने कार्यक्रममा नेपाली मौलिक भाका, संगीत र सांस्कृतिक वातावरणमा मनोरञ्जन लिन सकिने आयोजकले जनाएको छ। सुवन तथा आसपासमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आग्रह गरिएको छ।
#कमलबिरहीथापा#नेपालीसंगीत#देउडागीत #GreaterNepalLounge #नेपालीसंस्कृति