सोझो गाउँलेको ‘पाक्याको फल खान्या’ सार्वजनिक, मौलिक देउडा गीतमा सुनील नेपाली र पुर्णकला बीसीको स्वर

फोटो / गीत कभर

काठमाडौं । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र जनजीवनलाई साहित्यिक भावनासहित प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको नयाँ देउडा गीत ‘पाक्याको फल खान्या’ सार्वजनिक भएको छ। सोझो गाउँलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा सुदूरपश्चिमको माटो, मौलिक संस्कृति र लोकजीवनको प्रेमील भावनालाई गीतका शब्दमार्फत प्रस्तुत गरिएको छ।

 गाँउले प्राध्यापनसँगै साहित्य क्षेत्रमा निरन्तर सक्रिय उनी राजनीति, इतिहास, दर्शन, साहित्य, कला तथा संगीतका विषयमा गहिरो रुचि र अध्ययन राख्ने लेखकका रूपमा पनि चिनिन्छन्।उनका मनको बाँसुरी , मरूभुमिमा हिमपात लगायत कविता संग्रहहरू पनि प्रकाशित छन् । 


गीतकार: सोझो गाउँले 

 गीतका शब्दकार सोझो गाउँले अर्थात् भरत भण्डारी हुन्। नेपाली साहित्यमा लामो समयदेखि सक्रिय गाँउले कवि, लेखक, गीतकार तथा साहित्यिक समालोचकका रूपमा परिचित छन्। गाँउले प्राध्यापनसँगै साहित्य क्षेत्रमा निरन्तर सक्रिय उनी राजनीति, इतिहास, दर्शन, साहित्य, कला तथा संगीतका विषयमा गहिरो रुचि र अध्ययन राख्ने लेखकका रूपमा पनि चिनिन्छन्। उनका मनको बाँसुरी , मरूभुमिमा हिमपात लगायत कविता संग्रहहरू पनि प्रकाशित छन् । राजधानीमा रहेर पनि आफ्नो सुदूरपश्चिमको मौलिक कला र संस्कृतिलाई साहित्यिक तथा भावनात्मक ढङ्गले सिर्जनामा उतार्दै आएका भण्डारीका केही गीत तथा कविताहरू पछिल्लो समय निकै चर्चामा छन्।

यसअघि उनकाे ‘बालो जोवन’ लगायतका गीतहरू पनि श्रोतामाझ लोकप्रिय बनेका छन्। विशेषगरी देउडाको लाइभ तथा रेकर्डिङ प्रस्तुतिमा उनका शब्दले सुदूरपश्चिमको लोकजीवन र संस्कृतिलाई प्रभावकारी रूपमा उजागर गर्दै आएका छन्।

‘पाक्याको फल खान्या’ मा सुनिल नेपाली र पुर्णकला बीसीको स्वर रहेको छ। सुदूरपश्चिमका लोकभाका तथा  लोकदेउडासँग सम्बन्धित गीतमा सुनील नेपालीको आवाज  निकै लोकप्रिय मानिन्छ। पूर्णकला बीसी पनि लोक तथा देउडा संगीतमा सक्रिय गायिकाका रूपमा परिचित छन्। दुई गायक–गायिकाको स्वरले गीतलाई थप मौलिक र श्रुतिमधुर बनाएको छ।गीतमा धर्मराज भट्टाराईको संगीत तथा विनोद बाजुरेलीको संगीत  संयोजन रहेको छ। मिक्सिङ खडक बाजुरालीले गरेका छन् भने रेकर्डिस्ट सागर बाजुराली हुन्। मालाश्री स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो।

गीतको भिडियो निर्देशन हर्क खडायतले गरेका छन्। छायांकन जहिद बुढा र सम्पादन कल्पेश विश्वकर्माले गरेका छन्। भिडियोमा दीपक साउद, ममता बुढथापा र अनिल शाहीको अभिनय रहेको छ। सुदूरपश्चिमको लोकसंस्कृति, मौलिकता र जनजीवनलाई साहित्यिक शब्दसँग जोडेर प्रस्तुत गरिएको ‘पाक्याको फल खान्या’ ले पछिल्लो समय देउडा संगीतमा देखिएको मौलिक सिर्जनाको निरन्तरतासँगै श्रोतामाझ आफ्नो छुट्टै प्रभाव बनाउने अपेक्षा गरिएको छ।

#पाक्याकोफलखान्या#सुदूरपश्चिम#देउडागीत#सोझोगाउँले #सुनिलनेपाली #पुर्णकलाबीसी


पुरा गीत सोझो गाउँलेको युटुव च्यानलमा हेर्नुहोस् ।