
फोटो ; लाईभ रेकर्डिङ दुर-दर्पन
काठमाडौं । कर्णाली तथा सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र जीवनशैलीलाई गीत–संगीतमार्फत संरक्षण गर्ने प्रयासस्वरूप मुगुका युवा कलाकार बालेन्द्र बीसी र दैलेखकी गायिका सङ्गीता बडुवालको स्वरमा टिपिकल ‘अर्ग्यानिक देउडा’ गीत सार्वजनिक भएको छ। लाइभ देउडाको मौलिक स्वादलाई प्राथमिकता दिइएको उक्त गीतमा स्थानीय परिवेश, बोलीचाली र सामाजिक जीवनसँग जोडिएका भावनाहरूलाई प्रस्तुत गरिएको छ। आधुनिक संगीतको प्रभाव बढिरहेका बेला मौलिक देउडा संस्कृतिलाई जस्ताको तस्तै पुस्तान्तरण गर्ने उद्देश्यले गीत तयार गरिएको बताइएको छ।
स्थानीय कला र संस्कृतिको प्रवर्द्धनलाई आफ्नो कर्मका रूपमा लिँदै आएका बीसीले मौलिक देउडाको संरक्षण र पुस्तान्तरणमा निरन्तर योगदान गर्दै आएका छन्।
गीतका शब्द मुगुका स्थानीय कलाकार तथा गीतकार जीवन बीसीले लेखेका हुन्। जीवन बीसीका यसअघि लेखिएका तथा लाइभ देउडाका क्रममा प्रयोग भएका विभिन्न टुक्काहरू सामाजिक सञ्जालमा समेत चर्चामा आउने गरेका छन्। स्थानीय कला र संस्कृतिको प्रवर्द्धनलाई आफ्नो कर्मका रूपमा लिँदै आएका बीसीले मौलिक देउडाको संरक्षण र पुस्तान्तरणमा निरन्तर योगदान गर्दै आएका छन्।पछिल्लो समय कला तथा संस्कृतिको क्षेत्रमा क्षेत्रीय मौलिकता र स्थानीय पहिचानलाई प्राथमिकता दिने क्रम बढ्दै गएको छ। आफ्नो भूगोल, भाषा, रहनसहन र सांस्कृतिक परम्परालाई गीत–संगीतमार्फत अभिव्यक्त गर्ने यस्तो प्रयासले स्थानीय समुदायको पहिचान संरक्षणमा सकारात्मक भूमिका खेल्ने देखिन्छ।
| गायक ; बालेन्द्र बीसी |
गीतमा स्वर दिएका बालेन्द्र बीसी मुगुबाट गायन क्षेत्रमा आफ्नो भविष्य खोज्दै काठमाडौंसम्मको यात्रा तय गरेका युवा कलाकार हुन्। स्थानीय परिवेशबाट संगीतको यात्रा सुरु गरेका बीसीले देउडा गायनमा आफ्नो पहिचान स्थापित गर्ने प्रयास गरिरहेका छन्। उनको स्वरमा मौलिक देउडाको भाव र स्थानीयपन झल्किन्छ।
त्यस्तै, सङ्गीता बडुवाल दैलेखकी गायिका हुन्। काठमाडौंमा रहेर संगीत क्षेत्रमा संघर्ष गर्दै आएकी बडुवालले विभिन्न लाइभ प्रस्तुति तथा रेकर्डिङमार्फत आफ्नो सांगीतिक यात्रा अगाडि बढाइरहेकी छन्। देउडा तथा नेपाली लोकसंगीतमा सक्रिय बडुवाल स्थापित हुँदै गएकी गायिकाका रूपमा परिचित छिन्।
मुगुका बालेन्द्र बीसी र दैलेखकी सङ्गीता बडुवालको स्वरमा आएको यो सहकार्यले कर्णालीको मौलिक सांगीतिक पहिचानलाई अझ फराकिलो दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ।
मुगुका बालेन्द्र बीसी र दैलेखकी सङ्गीता बडुवालको स्वरमा आएको यो सहकार्यले कर्णालीको मौलिक सांगीतिक पहिचानलाई अझ फराकिलो दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी स्टुडियोमा अत्यधिक प्रविधिको प्रयोगभन्दा लाइभ प्रस्तुति, स्थानीय शब्द र मौलिक देउडा शैलीलाई केन्द्रमा राखिएकाले गीतलाई ‘अर्ग्यानिक देउडा’का रूपमा प्रस्तुत गरिएको हो।
| गायिका ; सङ्गीता बडुवाल |
गीतमा जीवन बीसीको शब्द, बालेन्द्र बीसी र सङ्गीता बडुवालको स्वर रहेको छ। लाइभ सिर्जना तथा देउडाको मौलिक प्रस्तुतिमार्फत तयार गरिएको गीतले कर्णालीका स्थानीय कलाकार र सिर्जनालाई डिजिटल प्लेटफर्ममार्फत नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ।मौलिक भाषा, भाका र सांस्कृतिक पहिचान बोकेका यस्ता सिर्जनाले स्थानीय कलाकारलाई अवसर दिनुका साथै हराउँदै गएका देउडाका टुक्का, कथा र मौखिक परम्परालाई अभिलेखित गर्नसमेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
| गीतकार: जीवन बीसी |
पुरा गीत हेर्नुहोस ;-
#अर्ग्यानिकदेउडा #देउडागीत #बालेन्द्रबीसी #सङ्गीताबडुवाल #जीवनबीसी #कर्णालीसंस्कृति