| बाँया रास्वपा मन्त्री शिशिर खनाल , दाँयाँ नेकपा नेत्री छिरिङ लामा |
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हामु लामाले पार्टीसँगको आवद्धता अन्त्य गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र आफूविरुद्ध षड्यन्त्र रचिएको तथा राजनीतिक रूपमा कमजोर बनाउने प्रयास भएको आरोप लगाएकी छन्।
आगामी राजनीतिक यात्राबारे उनले खुलाएकी छैनन्। तर, विश्वस्त स्रोतहरूका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छिन्। पछिल्ला केही दिनयता उनी रास्वपा नेताहरूसँग निरन्तर संवादमा रहेको बताइए पनि यसबारे औपचारिक पुष्टि भने भएको छैन।
#छिरिङल्हामु #रास्वपा #नेकपा #नेपालराजनीति #BreakingNewsNepal