गृहमन्त्री सुधन गुरुङले २५ वर्ष पुरानो नारायणहिटी दरबार हत्याकाण्डसहित विभिन्न रहस्यमय घटनाको पुनः अनुसन्धान गर्ने घोषणा गरेका छन्। उनको घोषणालाई लिएर राजनीतिक दलहरूबीच फरक–फरक प्रतिक्रिया आएको छ।
नेपाली कांग्रेस र एमालेले यसलाई ‘स्टन्टबाजी’ भन्दै प्रश्न उठाएका छन् भने राप्रपाले स्वागत गरेको छ। नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेले पनि छानबिन हुनु सकारात्मक भए पनि सरकारले वास्तविक सत्य बाहिर ल्याउन सक्नेमा शंका व्यक्त गरेका छन्।
२०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको मृत्यु भएको थियो। घटनाबारे अहिलेसम्म पनि विभिन्न प्रश्न र जिज्ञासा कायम रहेकाले पुनः छानबिनको विषय फेरि चर्चामा आएको छ।
#दरबारहत्याकाण्ड #नारायणहिटी #सुधनगुरुङ #गृहमन्त्री #पुनःछानबिन #ब्रेकिङन्युज #नेपालसमाचार #राजनीति #ताजाखबर #नेपाल #राप्रपा #काठमाडौँ #भाइरलन्युज #विशेषसमाचार