| तस्बिर ; किशोर श्रेष्ठ |
पत्रकार किशोर श्रेष्ठले चिनियाँ सिमकार्ड प्रयोग गरी नेपाली मिडिया तथा राज्य संयन्त्रमाथि प्रभाव पार्ने उद्देश्यले केही विदेशी पात्रले योजनाबद्ध गतिविधि गरेको दाबी गर्दै उक्त प्रकरणमा आफूहरूले नै प्रमाण संकलन गरेर नेपाल प्रहरीलाई उपलब्ध गराएको बताएका छन् । उनले सिसिटिभी फुटेज, फोन सम्पर्क र अन्य प्रमाणका आधारमा सरकारले अनुसन्धान अघि बढाइसकेको तथा एक जना संदिग्धको पहिचान खुलिसकेको उल्लेख गरेका छन् । श्रेष्ठले आफूहरूले कुनै नगद वा “घुस” स्वीकार नगरेको, उल्टै उपहार पठाउने प्रस्तावलाई अस्वीकार गर्दै लिखित उजुरी दर्ता गराएको दाबी गरेका छन् । उनले एडिट गरिएको सामग्रीमार्फत भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै यस प्रकरणको निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन ।
सफाइ होइन,सत्य हो ।
हामीले चिनियाँ सिमकार्ड प्रयोगमार्फत नेपाली मिडियालाई ट्र्याप गरी यहाँका पदाधिकारी र सन्चारप्रणालीमाथि अवान्छित आक्रमण गर्न खोज्ने केही बिदेशी पात्रलाई अफिसमै आउने वातावरण सिर्जना गरेकै हो ।
हामीले नै संकलन गरेको सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा सरकारले मूल दोषी पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ । एउटी दोषीको पहिचान खुलेको छ्,अरुको पनि खुल्दैछ ।
त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहेको छ ।
#देशले चिनेका दिपक भट्ट,सुलभ अग्रवालहरुले अरबौँ राजश्व ठगेको खबर ब्रेकिङ्ग गर्ने हामीले चिन्दै नचिनेका रहस्यमय पात्रहरुसङ्ग खुसुक्क क्युआर कोड,बैंक खाता र मान्छे पठाएर ५० हजार नगद मगाएको छैन,हैन । सरकारले दोषीलाई समातेर उसका डिभाइसबाट एडिटेड हैन फुल भर्सन अडियो र लिखित सन्चार बरामद गर्नेमा हामी ढुक्क छौं । शुक्रबार बेलुका उपहार पठाउँछु भन्नेलाई अँ अँ र ऊँ ऊँ गर्दै अफिसमै आउने वातावरण सिर्जना गरेर लगत्तै नेपाल प्रहरीलाई लिखित र हुलियासहितका अन्य प्रमाण उपलब्ध गराएको हामीले हो । यसको सारा अभिलेख नेपाल प्रहरीसङ्ग छ । यो उत्खनन् अरुले गरेको होइन । हामीले हो ।
हामीले उपहार ग्रहण नगर्ने र तिनका आपराधिक गतिविधिमा कुनै साथ सहयोग पनि नदिने लिखित जवाफ तत्कालै फर्काएको र प्रहरीमा बिदाकै दिन भए पनि ८ पेजको उजुरी दर्ता गराएको भोलिपल्ट आइतबार दिउँसो १२ बजेदेखि तिनले चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा थुते झैं मधेस र बिदेश मूलका केही पात्रमार्फत एडिटेड सामग्री एकैचोटी छरपस्ट पारेर भ्रमको खेती शुरु गरेको सिक्वेन्स हेर्दा थाहा हुन्छ ।
#गिफ्ट हामीले पठाऊ भनेको छैन,सुधन गुरुङ वा अन्य कुनै पनि पात्रलाई ठेगान लगाउन र राष्ट्रघात गर्न मन्जुर छौं भनेको छैन । फेरि सुदन गुरुङसङ्ग हाम्रो न हिजो कुनै साइनो थियो न आज कुनै सम्पर्क नै छ । राज्यको पदाधिकारीका हैसियतमा गरिएको पेशागत खबरदारी मात्र हो हाम्रो समाचार । कोही अमुक ब्यक्ति या कोही बिदेशीलाई फाइदा दिलाउन न हिजो लेखियो न आज लेखिन्छ र न भोलि नै यस्ता कुरा सोच्न सकिन्छ । १० लाख दिने प्रलोभनलाई वाह,ओके भनेर सदर गरेको छैन । ५० हजार पठाएको चुपचाप स्वीकारेर तिनीहरूसङ्ग सहकार्य गर्न तयार छौं भनेको भए सायद यो प्रकरण बाहिर आउने थिएन,देश जुग जुगसम्म गुमराहमै रहने थियोे । भ्रमको खेती चलाउनेहरुले भन्न सक्नुपर्यो-तिनले स्थापित गर्न खोजेको "घुस" भनेको के हो ? बिहे,ब्रतवन्ध,भोजको कार्डमा उपहार शीर्षकअन्तर्गत नगद र जिन्सी भनेर छुट्याइएको हुन्छ । मित्रताको नाटक देखाएर अडियो कल गर्ने अपराधीले गिफ्ट भनिरहँदा उसले एक शब्द पनि नगदको उच्चारण गरेको छैन ।
सुधन गुरुङलाई ध्वस्त पार्ने,शेरबहादुर देउवालाई नेपाल ल्याएर केपी ओलीसङ्ग भेटाई वर्तमान सरकारविरुध्द नयाँ खेल शुरु गर्ने जस्ता अन्टसन्ट बोल्न थालेपछि शंका लागेर हामीलाई फोन आएको चिनियाँ सिम कसका नाममा र कहाँ रजिस्टर्ड छ भनी पत्ता लगाई प्रहरीलाई अनुसन्धानका निम्ति बेलैमा जानकारी दिएको हामीले हो,अरुले हैन । मिति र समय हेर्दा हुन्छ । उसका अनेकौं कललाई हामीले इग्नोर गरेको उसैले निकालेको भिडियोमा छर्लङ्ग देखिन्छ । तैपनि उसले पटकपटक कचकच गरेको गर्यै छ ।
खोजी पत्रकारितामा ३ दशक बिताएको हामीलाई यस प्रकरणमा पनि केही न केही सुराक पक्कै चाहिएको थियो । हामीले शुरुमै फोन ब्लक गरिदिएको भए उक्त षडयन्त्रका मतियारको हुलिया र अरु प्रमाण जुट्न र तिनको मुखुण्डो उतार्न कति सम्भव हुन्थ्यो ! बुझ्नेलाई यो कुरा गहिरो छ ।
आज उपहार भन्दै रक्सीको बोत्तल मुनी नगद घुसारेर पठाउनेले भोलि त्यस्तै झोलामा जस कसैको नाममा लागुऔषध र बिस्फोटक पदार्थको झोला हालिदिन सक्छ ।
जनआस्थालाई खुइल्याउन नक्कली हतियारको सहारा लिइरहनै पर्दैन । नियोजित भ्रम जसले शेयर गरिरहेको छ,उसको link पनि यसमा खोजी हुने नै छ ।
#जनआस्थाले ब्यक्तिगत रुपमा न हिजो केपी ओली,शेरबहादुर देउवा,प्रचण्डवारे लेख्यो न आज अरुवारे लेखेको छ । सिस्टम नबिगृयोस्,नभत्कियोस् भनेर हरेकलाई खबरदारी गरेको छ । गरिरहने छ । यो हरेक नागरिक र अझ जिम्मेवार सन्चारकर्मीको दायित्वभित्र पर्ने कुरा नै हो ।
जतिसक्दो छिटो यो प्रकरणको निप्टारा हुनैपर्छ । बूढी मरी भनेर ताली बजाउनेभन्दा काल पल्केकोमा चिन्ता गर्ने बेला छ ।
- किशोर श्रेष्ठ
#किशोरश्रेष्ठ #चिनियाँसिमप्रकरण #नेपालप्रहरी #जनआस्था #नेपालीमिडिया #InvestigativeJournalism #NepalMedia #BreakingNews #नेपाल #पत्रकारिता #ChineseSIM #MediaTrap #NepalNews #केपीओली #शेरबहादुरदेउवा #प्रचण्ड