| तस्बिर / गीत कभर |
सुदूरपश्चिमको आलिताल गाउँपालिका को समग्र पहिचान, कला–संस्कृति, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैली समेटिएको नयाँ मिठो गीत सार्वजनिक भएको छ ।
गायक सुनिल नेपाली र सङ्गीता बढुवाल को स्वर रहेको गीतमा भीम ढाँटको शब्द, सुनिल नेपालीको संगीत तथा कृष्ण (राजेन्द्र) बाजुरालीको एरेञ्ज र मिक्सिङ रहेको छ । भिडियोतर्फ सुमन कठायत, खगेन्द्र बिष्ट, कमल खनाल, सन्जिविनि खनाल, अप्सरा देउवा र पूजा क्षेत्रीको अभिनय रहेको छ भने निर्देशन नवीन बिष्टले गरेका हुन् । अमृत उपाध्यायको क्यामेरा, अमृत चापागाईंको सम्पादन तथा पोस्ट प्रोडक्सनमार्फत तयार गरिएको गीतले स्थानीय पहिचान प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पुरा गीत हेर्नुहोस ;-
#आलिताल_गाउँपालिका #डडेल्धुरा #सुदूरपश्चिम #SunilNepali #SangitaBaduwal #BhimDhat #KrishnaBajurali #NabinBista #NepaliSong #लोकसंस्कृति #नेपालीगीत #MusicVideo #VisitAlital #Sudurpashchim #NepalMusic