किरात राई समुदायको महान पर्व उभौली साकेला कोरियाको बुसानमा मनाइने

 


किरात राई यायोक्खा गणतन्त्र कोरिया बुसान को आयोजनामा किरात राई समुदायको महान सांस्कृतिक पर्व यलेदोङ ५०८६ उभौली साकेला कार्यक्रम आगामी मे १७, २०२६ मा दक्षिण कोरियाको बुसानस्थित सामराक पार्क मा आयोजना हुने भएको छ।

आयोजक संस्थाले दक्षिण कोरियामा रहेका सम्पूर्ण किराती तथा गैर–किराती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई पर्वको गरिमा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ। सांस्कृतिक प्रस्तुतिहरू, साकेला नृत्य तथा सामूहिक भेटघाटसहित पर्व विशेष रूपमा मनाइने आयोजकले जनाएको छ।

कार्यक्रम विवरण:

  • मिति: १७ मे २०२६
  • स्थान: सामराक पार्क, सासाङ, बुसान, दक्षिण कोरिया
  • समय: बिहान ११ बजे

  -किरात राई यायोक्खा बुसान परिवार

#उभौलीसाकेला #Busan #KiratRai #SouthKoreaNepali