 |
| तस्बिर / मिराज ढुंगाना |
जेन–जी अभियान्ता मिराज ढुंगाना ले संविधान संशोधन बहशपत्र तयार गर्ने कार्यदलप्रति असन्तुष्टि जनाएका छन्। आफूलाई छलफलमा सहभागी नगराइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत कार्यदलको नेतृत्व र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएका हुन्।
कार्यदल प्रमुख असिम शाह लाई लक्षित गर्दै ढुंगानाले ‘संविधान निर्माणजस्तो संवेदनशील विषयमा विज्ञता र क्षमताको सही मूल्यांकन हुन नसकेको’ टिप्पणी गरेका छन्। उनले ‘मुटुको सर्जरी कार्डियोलोजिस्टले गर्नुपर्छ, प्लम्बरले होइन’ भन्दै व्यंग्यात्मक शैलीमा आलोचना गरेका छन्। साथै उनले संविधान संशोधन प्रक्रियामा युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै जेन–जी पुस्तालाई ‘संवैधानिक दुर्घटना रोक्न’ भूमिका खेल्न आग्रह गरेका छन्।
#मिराजढुंगाना #संविधानसंशोधन #GenZ #नेपालराजनीति #संवैधानिकबहस #असिमशाह #युवाआवाज #नेपाल #राजनीति #संविधान #NepalPolitics #GenZNepal #ConstitutionDebate #MirajDhungana