नेपाली एमएमए फाइटर रबिन्द्र ढाँटले अन्तर्राष्ट्रिय रंगमञ्चमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्। मकाउस्थित ग्यालेक्सी एरेनामा जारी ‘Road to UFC Season 5’ अन्तर्गत भएको प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेका हुन्।
यो जितसँगै रबिन्द्र ढाँट Road to UFC मा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। यूएफसीसम्म पुग्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका ढाँटको यो जित नेपाली एमएमए इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
ढाँटले सुरुदेखिनै आक्रामक खेल प्रस्तुत गर्दै फिलिपिनो प्रतिद्वन्द्वीमाथि दबाब बनाएका थिए। उत्कृष्ट स्ट्राइकिङ र नियन्त्रणपूर्ण प्रदर्शन गरे ।
यसअघि पनि रबिन्द्र ढाँटले भारतको प्रतिष्ठित Matrix Fight Night मा भारतीय फाइटर चुनग्रेङ कोरेनलाई नकआउट गर्दै च्याम्पियन बनेर चर्चा कमाएका थिए। अहिले Road to UFC मा जित निकालेपछि उनी यूएफसी कन्ट्र्याक्ट नजिक पुगेका छन्।
बझाङबाट संघर्ष सुरु गरेका ढाँट अहिले नेपाली एमएमएको सबैभन्दा आशालाग्दा स्टारका रूपमा उदाइरहेका छन्। उनको सफलताले नेपाली युवा तथा मार्सल आर्ट्स खेलाडीलाई थप प्रेरणा दिएको छ।
#RabindraDhant #RoadToUFC #RoadToUFCS5 #UFC #UFCFightPass #NepalMMA #MMA #NepaliFighter #KimbertAlintozon #Victory #Macau #FightNight #CombatSports #MatrixFightNight #नेपाल #रबिन्द्रढाँट #यूएफसी #एमएमए #नेपालीफाइटर #नेपालीखेलकुद