रबिन्द्र ढाँटसँग हारेका चुनग्रेङ कोरेन रोड टु यूएफसीको सेमीफाइनलमा प्रवेश गरे



मकाउस्थित ग्यालेक्सी एरेनामा जारी ‘Road to UFC Season 5’ अन्तर्गत ब्यान्टमवेट प्रतिस्पर्धामा जापानका र्युहो मियागुची पराजित भएका छन्। मियागुचीलाई भारतका चुनग्रेङ कोरेनले हराउँदै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेका हुन्।  


विशेष कुरा के छ भने, यही चुनग्रेङ कोरेन गत वर्ष भारतमा भएको ‘Matrix Fight Night’ मा नेपाली स्टार फाइटर रबिन्द्र ढाँटसँग पराजित भएका थिए। त्यस फाइटमा रबिन्द्र ढाँटले उत्कृष्ट प्रदर्शन गर्दै कोरेनलाई हराएका थिए र अन्तर्राष्ट्रिय MMA क्षेत्रमा आफूलाई बलियो रूपमा स्थापित गरेका थिए।  


हाल Road to UFC Season 5 मा नेपालका रबिन्द्र ढाँट पनि सहभागी छन्। उनले मकाउमा फिलिपिन्सका किम्बर्ट एलिन्टोजोनविरुद्ध प्रतिस्पर्धा गर्दै UFC यात्रा अगाडि बढाउने लक्ष्य राखेका छन्।  


Road to UFC लाई एशिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरलाई UFC सम्म पुर्‍याउने आधिकारिक प्लेटफर्मका रूपमा हेरिन्छ। प्रतियोगिताका विजेताले सेमिफाइनल हुँदै UFC कन्ट्र्याक्टको अवसर पाउनेछन्।  

#RoadToUFC #RoadToUFCS5 #UFC #UFCFightPass #MMA #RabindraDhant #ChungrengKoren #RyuhoMiyaguchi #NepalMMA #MatrixFightNight #FightNews #Macau #AsianMMA #CombatSports #नेपाल #रबिन्द्रढाँट #एमएमए #यूएफसी #नेपालीफाइटर