| फोटो / गीत कभर |
- कमल बिरही थापा
काठमाडौं - सुदूरपश्चिमेली लोकसंस्कृतिमा आधारित नयाँ देउडा गीत “हानेर नजरकी तिर” कृष भण्डारी युट्युबमार्फत सार्वजनिक गरिएको छ। गायक रेश बीसी र गायिका रेखा जोशीको स्वरमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतका शब्द तथा संगीत स्वयं रेश बीसीले तयार गरेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन्। ‘द म्युजिक एरा’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको अडियो तथा भिडियो निर्माण कृष भण्डारीले गरेका हुन्।
| तस्बिर / रेस बि.सी / रेखा जोशी |
भिडियोतर्फ निर्देशन कृष भण्डारीकै रहेको छ भने कथा/परिकल्पना रेश बीसीको रहेको छ। भिडियोमा विशाल शाही र कायरा चन्दको अभिनय देख्न सकिन्छ। छायांकन केकाज र दुबेशले गरेका हुन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन शंकर साउदले गरेका छन्। मेकअप आर्टिस्टका रूपमा सीता शाही ठकुरी रहेकी छन्। भिडियोको पोस्ट-प्रोडक्सन ‘जुम प्रोडक्सन अत्तरिया, कैलालीमा गरिएको हो।
| तस्बिर / भिडियो फुटेज |
| तस्बिर / भिडियो फुटेज |
गीत निर्माणमा जापानको ओसाका स्थित सुदूरपश्चिम नेपाली समाज कन्साई, कर्णाली समाज ओसाका लगायत विभिन्न संघ-संस्था तथा व्यक्तिहरूको सहयोग रहेको निर्माण टिमले जनाएको छ। लोक देउडा शैलीमा आधारित उक्त गीतले माया, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। सार्वजनिक भएको छोटो समयमै युट्युबमा हजारौं दर्शकले हेरेका छन् भने प्रतिक्रिया पनि सकारात्मक आइरहेका छन्।
#देउडा_गीत #नेपाली_लोकगीत #हानेर_नजरकी_तिर #NepaliMusic #NewRelease #TrendingNepal