| फाइल तस्बिर / पोस्टर |
- कमल बिरही थापा
सुवन- पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजनामा नयाँ वर्ष २०८३ को अवसरमा आयोजित “सांगीतिक साँझ” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मे २, २०२६ मा सम्पन्न उक्त कार्यक्रम कोरियास्थित नेपाली समुदायबीच उत्साह र उल्लासका साथ मनाइएको थियो।
कार्यक्रममा गायक मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मन्दीप चाम्लिङ, जितेन्द्र सुनुवार, रबिन रेगम, भुपेन लिम्बु र सुजन कार्कीले उत्कृष्ट प्रस्तुति दिएका थिए। उनीहरूको गायनले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
त्यसैगरी नृत्यतर्फ प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपालले आकर्षक प्रस्तुति दिँदै दर्शकको मन जित्न सफल भएका थिए। डीजे न्वीनले कार्यक्रमभर संगीतमार्फत माहोललाई अझ रोमाञ्चक बनाएका थिए।
कार्यक्रममा थारु कल्याणकारिणी सभाद्वारा प्रस्तुत गरिएको सांस्कृतिक झाँकीले विशेष आकर्षण थपेको थियो। नेपाली कला, संस्कृति र पहिचान झल्काउने विविध प्रस्तुतिहरूले कार्यक्रमलाई अझ समृद्ध बनाएको थियो।
बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो। विभिन्न संघ-संस्था, मिडिया तथा प्रायोजकहरूको सहकार्यमा सम्पन्न कार्यक्रम सफल र स्मरणीय बनेको आयोजकले आयोजकले जनाए ।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, प्रायोजक, मिडिया तथा दर्शकहरूप्रति आभार व्यक्त गरेका छन्।
| कलाकार सम्मान थाप्दै |
| तस्बिर / कलाकारहरू ,आयोजकहरू |
#NewYear2083 #Suwon #NepaliCommunity #CulturalProgram #MusicalNight
#MusicalNight
NewYear2083 #Suwon #NepaliCommunity #CulturalProgram #MusicalNight