| बाँया लेखक / दाँया विज्ञप्ति |
राजनीतिक विश्लेषक व्यवसायी महासंघले राजनीतिक विश्लेषक विष्णु सापकोटाले विपक्षी विश्लेषकहरूप्रति प्रयोग गरेको “इन्टेलेक्चुअली ब्याङ्करप्ट” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महासंघका अनुसार सापकोटाको लेख र टेलिभिजन अन्तर्वार्तापछि विभिन्न राजनीतिक विश्लेषकहरूले संस्थाको आधिकारिक धारणा माग गरेका थिए। यस विषयमा थप अध्ययनपछि आधिकारिक धारणा सार्वजनिक गरिने जनाउँदै महासंघले सम्पूर्ण विश्लेषकहरूलाई संयमित र मर्यादित अभिव्यक्तिमा रहन आग्रह गरेको छ।
| पूर्ण विज्ञप्ति |