सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीप्रति बृहत् नागरिक आन्दोलनले आपत्ति जनाउँदै, पुनर्वास र वैकल्पिक व्यवस्थाविना बलपूर्वक विस्थापन अस्वीकार्य हुने जनाएको छ। नागरिकको आवास अधिकारको सम्मान गर्न र दमन होइन न्यायपूर्ण समाधानतर्फ अघि बढ्न सरकारलाई आग्रह गरिएको छ।