छुमाल नोङ्जाङ : एक वैकल्पिक कृषि प्रचलन

 

तस्बिर / लेखक 


 -मिलन शर्मा बस्याल 



वसन्त ऋतुको सुरूवातसँगै कोरियाको खेतबारीमा छुट्टै चटारो हुन्छ । टनेल बनाउने , खनजोत गर्ने , प्लास्टिक बिछ्याउने ,बिरुवा सार्ने , बीउ छर्ने , मलजल गर्ने देखि लिएर बारबेर गर्ने काम निकै मेहनतसँग गर्ने गरेको देखिन्छ ।खासगरी सप्तान्तमा  अझ धेरै मान्छेहरूको  उपस्थिति बाक्लो   हुन्छ। यसो हुनुको कारण कोरियाको (छुमाल नोङ्जाङ)  अर्थात् 'सप्तान्त खेती' संस्कृति पनि एक  हो  ।यो एक प्रकारको वैकल्पिक खेती संस्कृती हो ।  यसलाई हप्ताका पाँच  दिन आफ्नो कार्यस्थल ,व्यवसाय वा अन्य क्षेत्रमा काम गर्ने मानिसहरूले  शनिबार र आइतबार दुई दिन खेतबारीमा समय दिएर विदाको समयको सदुपयोग गर्ने  , श्रम गर्ने बानीको विकास  गर्ने , प्राकृतिक सामीप्यताको आनन्दानुभूती गर्ने  एवम् आत्मनिर्भरता वृद्धि  गर्ने राम्रो अवसर पनि मानिन्छ ।  कोरियामा यसरी  खेती गर्ने  प्रचलन दिनानुदिन लोकप्रीय हुँदै गएको छ । 


तस्बिर /गुगल


कंक्रीटको चौघेरामा कैद मान्छेहरू केही समय प्रकृतीसँग रमाउन चाहन्छन् । श्रम र सीप माटोमा पोखेर सिर्जना फलाउन चाहन्छन् । थोरै भएपनि  आफ्नै पौरखको स्वाद चाख्न चाहन्छन् । 


युरोपमा शहरीकरण एवम् औधोगिकरणसँगै धेरै पहिलादेखि सुरू भएको यो प्रचलन  कोरियामा भने  सन् 1970 दशकदेखि भित्रिएको देखिन्छ । कंक्रीटको चौघेरामा कैद मान्छेहरू केही समय प्रकृतीसँग रमाउन चाहन्छन् । श्रम र सीप माटोमा पोखेर सिर्जना फलाउन चाहन्छन् । थोरै भएपनि  आफ्नै पौरखको स्वाद चाख्न चाहन्छन् । यो  अत्याधुनिक प्रविधि प्रयोग गरि व्यवसायिक रूपले गरिने खेती  नभइ आफ्नो पारिवारिक एवम् घरायसी निर्वाहका लागि एकल वा  पारिवारिक  सहकार्यमा गरिने सानो एवम् सामान्य खेती प्रणाली हो । यसो भएता पनि  यसको सकारात्मक प्रभाव निकै राम्रो देखिन्छ । यसले स्थानीय स्तरमा उत्पादन बढाउन, मानिसहरूलाई आत्मनिर्भर बनाउन, फुर्सदको सदुपयोग गर्न , परिवार एवम् सन्तानलाई श्रमप्रति आकर्षित गर्न मात्र नभई  सहरको आर्थिक गतिशीलता बढाउनका साथै समग्र देशको अर्थतन्त्रमा समेत  टेवा पुर्‍याएको देखिन्छ ।


             

तस्बिर /गुगल


 सप्तान्त कृषिक्षेत्र चाहिँ खासगरी बजार , अपार्ट वा भिल्लाबाट नजिक वा पायक पर्ने ससाना कृषियोग्य भू-भाग हुन् । यसमा प्राय:जसो व्यक्तिले सिमित अवधि वा कतिपयले कुनै सिजनका लागि मात्र  आफ्नो इच्छा अनुसारको खेती गर्दछन् ।यसमा  घरायसी  उपभोगको लागि सागसब्जी लगाउने वा सामान्य खेती गर्ने गरिन्छ । यो खेती प्रणाली पूर्णकालीन र व्यवसायीक कृषिभन्दा नितान्त फरक हुन्छ । यसमा  सामान्यतया,  जग्गा खरिद गरिदैन ।  बरु निश्चित अवधिको लागि सानो खेतीयोग्य प्लट  जमिन वा टनेल भाडामा लिइन्छ । यो मुख्यतया वसन्तदेखि शरद ऋतुसम्म सञ्चालन हुन्छ ।  साङ्छु ( काँचै खाइने साग) , सिगुम्ची( पालक )जस्ता सागहरू,  फेछु( चाइनिज बन्दा ) , केन्निभ(सिलाम),  काँक्रा, मुला ,गाजर  खुर्सानी र टमाटर जस्ता बालीहरू सामान्यतय: उब्जाउने गरिन्छ।


                          

तस्बिर /गुगल

घरयासी उपभोगका लागि गरिने खेती केहीलाई भने आयआर्जनको वैकल्पिक  स्रोत पनि बन्न जान्छ र  बिस्तारै मानिसहरूलाई कृषि व्यवसायतर्फ आकर्षित समेत गर्ने सम्भावना रहन्छ ।


  सप्तान्त कृषिफार्म  ( छुमाल नोङ्जाङ ) कोरियामा खासगरी सहरका मानिसहरूले सप्ताहन्तमा खेती गर्ने अभ्यास हो । सउल , इन्छन् , बुसान, थेगु , थेजन जस्ता  खासगरी प्रमुख  सहरहरूमा केन्द्रित भएता  पनि बिस्तारै  देशभरी यो संस्कृति लोकप्रीय हुँदै गएको छ । यसमा  सहरको नजिकै तर  बिल्कुलै ग्रामीण परिवेशको अनुभूती  हुने ठाउँ, जहाँ आवतजावतको पहुँच सजिलो तथा  वातावरण शान्त र हरियो होओस भन्ने कुरा अपेक्षित हुन्छ । धेरैजसो शहरी क्षेत्रमा पार्किङ गर्न मिल्ने ठाउँहरू वा पहाडको किनारमा रहेका सानो खेतिहरूमा पनि यो उत्तम मानिन्छ।घरयासी उपभोगका लागि गरिने खेती केहीलाई भने आयआर्जनको वैकल्पिक  स्रोत पनि बन्न जान्छ र  बिस्तारै मानिसहरूलाई कृषि व्यवसायतर्फ आकर्षित समेत गर्ने सम्भावना रहन्छ ।


 सप्तान्त खेतिलाई बढवाका लागि धेरैजसो ठाउँमा स्थानीय निकाय वा सरकारी निकायहरूले सहजीकरण र प्रोत्साहनका कार्यक्रमहरू चलाउँने गर्दछन् । जस्तै, सस्तो लीज व्यवस्था, अनुदान, वा खेतीका लागि आवश्यक तालिम पनि दिने गरेका हुन्छन् । जसले गर्दा मानिसहरूलाई यो अवसर सजिलै अपनाउन र सफल बनाउन सहयोग पुग्छ ।

             

तस्विर/ गुगल



 यस्तो साप्ताहिक खेतीले परिवारिक जीवनमा पनि सकारात्मक प्रभाव पार्छ।  परिवारलाई सँगै समय बिताउने, साझेदारी गर्ने र प्राकृतिक चीजहरू उत्पादन गरेर आत्मसन्तुष्टि हासिल गर्न अवसर दिन्छ। व्यक्तिगत रूपमा पनि, मानिसहरूलाई तनाव कम हुन्छ, स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्छ, आफ्नै उत्पादनमा गर्व महसुस हुन्छ। यो बाध्यता र कहरको खेती भन्दा पनि आनन्द र रहरको खेती हो । घट्दो कृषि आकर्षकणलाई रोक्न तथा बढवा दिन पनि यस सप्तान्त खेती संस्कृतिले मद्दत पुर्‍याउन सक्छ । कोरियामा  केवल 3-4 % प्रतिशत मानिसहरू कृषिमा आवद्ध भएता पनि यहाँको अर्थतन्त्रको एउटा प्रमुख आधार कृषि पनि हो । कृषिमा प्रविधिकरण , व्यावसायिकरणका साथै सरकारी नितिहरूका कारण कोरियाको कृषि प्रणाली सफल बन्न पुगेको छ । यसैगरी कोरियामा धेरै ग्रामीण अनुभव केन्द्रहरू स्थापना भइरहेका छन् जहाँ ग्रामीण जीवनको अनुभव गर्न सकिन्छ। जस्तै आलु , सखरखण्ड  रोप्न वा खन्न पाइने ,  खिम्ची(कोरियन अचार) ,  तक (चामलको पीठोको केक ) जस्ता खानाका परिकार बनाउने, खोछुजाङ (रातो खुर्सानीको पेस्ट) र टोफु बनाउने आदि जस्ता अनुभव लिने र प्रतिस्पर्धासमेत हुने कार्यक्रमहरूको माध्यमबाट कृषिक्षेत्रको महत्त्व दर्शाउँदै  यसप्रति आकर्षण बढाउने क्रियाकलापहरू निरन्तर भइरहेको पाइन्छ । 


नेपाल कृषिप्रधानमुलुक भएता पनि कृषिजन्य वस्तुको परनिर्भरता बढ्दो छ ।यसलाई घटाउनका लागि  कृषिमा आधुनिकीकरण , प्रविधिकरण , व्यवसायीकरणका साथै कोरियाको जस्तै ( सप्तान्त कृषि )  र (ग्रामीण अनुभव कार्यक्रम )जस्ता कुराहरूको  अनुशरण गर्नु उत्तम देखिन्छ ।


# दक्षिण कोरिया  

#छुमालनोग्जाङ
#सप्तान्तखेती
#वैकल्पिककृषि