परम्परा र आधुनिकताको सन्तुलन नै राम्रो संगीतको आधार हो - कमल बिरही थापा

 प्रवासमा गीत–सङ्गीतको कर्मलाई निरन्तरता दिइरहेका सर्जक कमल बिरही थापासँग कुराकानी ।

  

फाइल तस्बिर / गायक , सर्जक ; कमल बिरही थापा


      

प्रश्न–१

 तपाईं लामो समयदेखि डायस्पोरा जीवन र नेपाली गीत–सङ्गीतमा सक्रिय हुनुहुन्छ। अहिले केमा व्यस्त हुनुहुन्छ?

उत्तर:
 अहिले म मुख्यतः परदेशमा आफ्नो कर्म, नयाँ गीत–सङ्गीतको सिर्जना र केही रेकर्डिङमा व्यस्त छु। डायस्पोरा जीवनले दिएका अनुभवहरूलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिरहेको छु। साथै, केही सांगीतिक प्रोजेक्टहरू र स्टेज कार्यक्रममा पनि सहभागी भइरहेको छु। विदेशमा रहे पनि नेपालीपनलाई जोगाउँदै संगीतलाई निरन्तरता दिने मेरो प्राथमिकता हो र रहनेछ ।

    

तस्बिर / गायक ;  कोरियाको  मञ्चमा प्रस्तुति   दिदै 

  


प्रश्न–२
 नयाँ निर्माताहरूका लागि संगीत क्षेत्र कत्तिको सुरक्षित छ? लगानी डुब्नुको कारण ज्ञानको कमी हो कि बजारको लहड?

उत्तर:
 संगीत क्षेत्र अवसरले भरिएको छ, तर जोखिम पनि उत्तिकै छ। नयाँ निर्माताहरूका लागि यो क्षेत्र पूर्ण रूपमा सुरक्षित भने छैन। लगानी डुब्नुका मुख्य कारणहरूमा बजारको ट्रेन्ड नबुझ्नु, दर्शकको रुचिको अध्ययन नगर्नु र अनुभवको कमी प्रमुख हुन्। केवल लहडमा आएर लगानी गर्दा समस्या आउँछ। यदि योजना, अध्ययन र सही टिमसँग काम गरियो भने सफल हुने सम्भावना धेरै हुन्छ ।

  

तस्बिर / गायक , सर्जक

     

 परम्परा र आधुनिकताको सन्तुलन नै राम्रो संगीतको आधार हो ।




प्रश्न–३
 हरेक कुराको विश्वव्यापी आधुनिकीकरणको बीचमा गीत–सङ्गीतमा मौलिकता र सांस्कृतिक जरा खोज्ने प्रवृत्तिलाई तपाईं कसरी लिनुहुन्छ?

उत्तर:
 मौलिकता र सांस्कृतिक जरा हाम्रो पहिचान हो। आधुनिकीकरण आवश्यक छ, तर त्यसले हाम्रो मौलिकतालाई दबाउनु हुँदैन। नेपाली साहित्य, सिनेमा होस् या गीत–सङ्गीतमा मौलिकताको खोज हुँदैछ। जस्तो कि पछिल्लो समयमा बन्ने सिनेमाहरूमा रक, पपभन्दा लोकगीतको प्रयोग हुनु राम्रो संकेत हो। आखिर भौतिक विकासको चुली जहाँसुकै पुगे पनि त्यसको जरा भने आफू हुर्केको जमिनमुनि नै खोज्नुपर्छ भन्ने सांस्कृतिक दर्शनलाई आधुनिक संगीतमा समायोजन गर्दै नेपालीपन झल्काउने प्रयास हुनुपर्छ। परम्परा र आधुनिकताको सन्तुलन नै राम्रो संगीतको आधार हो भन्ने मेरो विश्वास छ ।


तस्बिर / गायक प्रस्तुति  दिदै 


डायस्पोरा जीवनमा रहेका पीडा, संघर्ष र सम्झनाहरू गहिरा हुन्छन्, वास्तवमा कला जगतको लागि पनि  यिनै कुराहरू     सृजनाको  केन्द्रमा हुन्छन् ।  त्यसैले ती विषयहरू संगीतमा बढी देखिन्छन्।


प्रश्न–४
 नेपाली गीत–सङ्गीतमा डायस्पोरा र पीडाका कथा किन धेरै छन्? अब के सिर्जनाले देशभित्रका सम्भावनाहरू देखाउन सक्दैन?

उत्तर:
 डायस्पोरा जीवनमा रहेका पीडा, संघर्ष र सम्झनाहरू गहिरा हुन्छन्, वास्तवमा कला जगतको लागि पनि  यिनै 
कुराहरू     सृजनाको  केन्द्रमा हुन्छन् ।  त्यसैले ती विषयहरू संगीतमा बढी देखिन्छन्।   तर अब केवल पीडामा सीमित भएर बस्न आवश्यक छैन। देशभित्रका अवसर, विकास र सकारात्मक पक्षहरूलाई पनि संगीतमार्फत देखाउन सकिन्छ। सन्तुलित दृष्टिकोणले संगीत अझ समृद्ध हुन्छ।


तस्बिर / गायक ;    प्रस्तुति   दिदै 


प्रश्न–५

 प्रवासमा रहेर सृजना गर्दा पारिवारिक, सामाजिक र राष्ट्रिय भावनाले कस्तो प्रभाव पार्छ?

उत्तर:
 प्रवासमा बस्दा परिवारको सम्झना, समाजसँगको दूरीका कारण देशप्रतिको माया झन् गहिरो हुने रहेछ। यी सबै भावनाहरूले सिर्जनालाई अझ भावनात्मक र यथार्थपरक बनाउँछन्। कहिलेकाहीँ एक्लोपनले पनि सिर्जनामा गहिराइ थप्छ। त्यसैले प्रवासको अनुभव सर्जकका लागि एक ठूलो प्रेरणा हो।

  

तस्बिर /  गायक , सर्जक



प्रश्न–६
 अन्त्यमा भन्न मन लागेको थप कुरा के छन्?

उत्तर:
 संगीत केवल मनोरञ्जन मात्र होइन, यो हाम्रो संस्कृति र पहिचान हो। सबै सर्जकहरूलाई मौलिकता जोगाउँदै सिर्जना गर्न आग्रह गर्छु। साथै, श्रोताहरूले पनि राम्रो संगीतलाई साथ दिनु आवश्यक छ। म भविष्यमा अझ राम्रो र अर्थपूर्ण गीतहरू ल्याउने प्रयासमा रहनेछु। धन्यवाद।


तस्बिर / गायक 


#कमलबिरहीथापा #नेपालीसंगीत #डायस्पोरासर्जना #मौलिकता#संस्कृति

(  गायक / सर्जक हाल दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ । )