गायक सुरज पाण्डितको ‘काठमाडौँको धरहरा’ सार्वजनिक

 गायक सुरज पाण्डित र गायिका सुजाता सुजाता चापागाईंको स्वरमा रहेको नयाँ गीत ‘काठमाडौँको धरहरा’ आज सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंको सांस्कृतिक पहिचान, ऐतिहासिक सम्पदा    समेटिएको उक्त गीतमा शब्द तथा संगीत स्वयं सुरज पाण्डितकै रहेको छ। गीतमार्फत विशेषगरी धरहरा जस्ता प्रतीकात्मक संरचनाको सन्दर्भ जोड्दै  प्रेमको भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ।

फाइल तस्बिर /  गीत    


यसैबीच, सर्जक सुरज पाण्डितले आफ्नो नयाँ गीत सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत लेखेका 

 “धेरै जसो समाजको यथार्थ र कुना–कन्दराका आवाज बाहिर ल्याउन रुचाउने म, यसपाली एउटा प्रेमको वार्ता लिएर आएको छु। आशा छ हाम्रो प्रेमिल सांगीतिक संवादलाई पनि यहाँहरूले उसैगरी माया गरिदिनुहुनेछ।”

 

#KathmandukoDharahara #SurajPandit #NepaliMusic #NewRelease