बाहिर जस्तै भित्र देखाउन नसकेर,
अन्तरमनको चित्र देखाउन नसकेर,
कसम त्यो ऐना कति पछुताउँदो हो,
मुहार जस्तै चरित्र देखाउन नसकेर ।
अन्तरमनको चित्र देखाउन नसकेर,
कसम त्यो ऐना कति पछुताउँदो हो,
मुहार जस्तै चरित्र देखाउन नसकेर ।
यस्तो पाराले हेर जिन्दगी चल्दैन,
भन्दैछु मैले सोचेर जिन्दगी चल्दैन,
गुजारा चलाउन पैसा नै चाहिन्छ आखिर,
तिम्रो मुस्कान हेरेर जिन्दगी चल्दैन ।
साना खुसीमा रमाए बाँचेको सार हुन्छ,
हाँसे यै मुस्कान दिन काट्ने औजार हुन्छ,
व्यर्थे प्यारमा दिल नभाँच ए! जवानहरू,
त्यसपछि न मर्मत हुन्छ न उपचार हुन्छ ।
# कृष्ण रिजाल
# नेपाली साहित्य
# नेपाली मुक्तक