दीप रावलका चर्चित तीन मुक्तक


 
फोटो/ लेखक

   मुक्तकहरू 
 
डिग्री पढी जागिर पाउन्न पहिल्यै सोच्नुपर्थ्यो , 
माथिसम्म पहुँचले छुन्न पहिल्यै सोच्नुपर्थ्यो, 
जेल बसेकै आधारमा प्रधानमन्त्री बन्ने देशमा, 
योग्यताको मूल्य हुन्न पहिल्यै सोच्नुपर्थ्यो ।

चिप्लो घस्दै परिचय गर्न जानिएन, 
असत्यको जयजय गर्न जानिएन, 
छेपारोले रङ फेरेझै रूप बदल्दै हिँड्ने,
 तिम्रो जस्तो अभिनय गर्न जानिएन ।

नानाथरी लाउँछन् बात मौका पाएपछि,
 अप्ठ्यारोमै छोड्छन् हात मौका पाएपछि,
 आफ्नै त हो भन्ने ठानी भर नगर्नुहोला, 
आफ्‌नाले नै गर्छन् घात मौका पाएपछि ।

 # दीप रावल
# नेपाली साहित्य 
# नेपाली मुक्तक