माटो नदुखाई विकास गर्छन् देश बनाउनेहरू,
कथम्कदाचित् दुस्मनले खुट्टा कुल्चिन खोजे,
शिर कुल्चिने अभ्यास गर्छन् देश बनाउनेहरू ।
धन सम्पत्ति, ऐन अनुसार कसको नाममा छ ?
सत्य तथ्य भन्दे सरकार कसको नाममा छ ?
खुलामञ्च र बालुवाटार त छर्लङ्ग भो हामीलाई,
टुंडिखेल र सिंहदरबार कसको नाममा छ ?
उल्टिन सक्छ सिलसिला पनि याद गर्नुहोस्,
र सकिन सक्छ जीवनलीला पनि याद गर्नुहोस्,
आफूलाई सधैं यो समाजको हात्ती सम्झिनेहरूले,
कमजोर हुँदैनन् कमिला पनि याद गर्नुहोस् ।
निभाउने प्रयासहरू उत्पादन नहुनु पर्ने
फैलिरहेको दिशातर्फ बन्धन नहुनु पर्ने,
मेरो सफलता त आगोको राप पो रहेछ
नत्र छेउछाउ बस्नेलाई जलन नहुनु पर्ने ।
# तपेन्द्र बिष्ट
# नेपाली साहित्य
# नेपाली मुक्तक