इरान–अमेरिका तनाव: होर्मुज मार्ग खुले पनि नाकाबन्दी हटाउन तेहरानको दबाब

                            इरान–अमेरिका तनाव: होर्मुज मार्ग खुले पनि नाकाबन्दी हटाउन तेहरानको दबाब



काठ्माण्डौ- इरालने विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएको जनाएको छ। तर तेहरानले अमेरिकाद्वारा लागू गरिएको समुद्री नाकाबन्दी तत्काल हटाउनुपर्ने माग राख्दै अवस्था अझै तनावपूर्ण रहेको स्पष्ट पारेको छ।

इरानी स्रोतका अनुसार जहाज आवागमन सुरु भए पनि पूर्ण रूपमा सहज स्थिति बनेको छैन। अमेरिकी दबाब र निगरानीका कारण क्षेत्रीय अस्थिरता कायमै छ।

तेहरानले चेतावनी दिएको छ—यदि नाकाबन्दी जारी रह्यो भने उक्त मार्ग पुनः बन्द हुन सक्छ, जसले विश्वव्यापी तेल आपूर्ति र मूल्यमा असर पार्न सक्छ।

हालको अवस्था संवेदनशील भएकाले अन्तर्राष्ट्रिय बजार र ऊर्जा क्षेत्रले यस घटनाक्रमलाई नजिकबाट हेरिरहेका छन्।