काठमाडौं : सरकारले संविधान संशोधन सम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जानकारी दिएका छन्।
उनका अनुसार कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन्।
‘यो हाम्रो वाचापत्रमा उल्लेख गरिएको प्रतिबद्धता पनि हो,’ प्रवक्ता पोखरेलले बताएका छन्।
