वैशाख १ देखि ब्रिज कोर्स र प्रवेश तयारी कक्षा बन्द गर्ने सरकारको निर्णय
![]() |
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स कार्यक्रमहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयले जारी गरेको सूचनामा यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याउने तथा अभिभावकलाई अनावश्यक आर्थिक भार थप्ने उल्लेख गर्दै प्रतिबन्ध लगाइएको जनाएको छ। साथै, विभिन्न विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया अघि बढ्नुअघि सञ्चालन हुने यस्ता कक्षाहरूको अनुगमन गरी नियमविपरीत सञ्चालन भएको पाइएमा कानुनअनुसार कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशनसमेत दिइएको छ ।
#Raralayakhaar #Education #Government
