सुरज पण्डित र शान्तिश्री परियारको स्वरमा नयाँ लोकगीत ‘हाम्रो त घरै टाढा छ’


Photo Song Cover

काठमाडौं। चर्चित गायक सुरज पण्डित र गायिका शान्तिश्री परियारको स्वरमा ‘हाम्रो त घरै टाढा छ’ शीर्षकको नयाँ नेपाली लोकगीत भिडियो सहित सुरज पण्डित युट्युब च्यानलमा सार्वजनिक भएको छ।

 मौलिक गीतको शब्द  प्रतिमा अधिकारी र संङ्गीत गायक सुरज पण्डित कै रहेको छ। अभिनयमा भने  स्वयम गायकद्धय ,प्रभात पल ठकुरी र चर्चित मोडेल जुना विश्वकर्माको अभिनय रहेको छ। 

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको यस गीतमा कथा सहितको निर्देशन भने विशाल घिमिरेले गरेका हुन । भर्खरै सार्वजनिक गरिएको यस मौलिक लोकगीतले विशेषगरि सर्जक सुरज पण्डितका प्रसंशकहरु र नेपाली लोकसंगीतप्रति रुचि राख्ने जो कोहीका लागी पनि यो उत्साहप्रद खबर हो ।

 

पुरा गीत युटुबमा हेर्नुहोस ;-  

>#HamroTaGharaiTadhaChha #SurajPandit #ShantiShreePariyar #NepaliLokGeet #NepaliMusic