एमाले–नेकपाबीच सातै प्रदेशमा सहकार्य र संयुक्त सरकार गठन गर्ने सहमति

तस्बिर  / पुष्पकमल दाहल प्रचण्ड  , केपी  शर्मा ओली 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।

सार्वजनिक गरिएको सहमतिपत्रअनुसार प्रदेशसभामा देखिएका अस्थिरता, बजेट निर्माणमा ढिलाइ, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाजस्ता समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेश विकासलाई गति दिने उद्देश्यले दुवै दलबीच सहमति भएको उल्लेख छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने उल्लेख गरिएको छ।

यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सम्बन्धमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको जनाइएको छ।

उक्त सहमतिपत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमतिपत्र २०८२ साल साउन ९ गते गरिएको हो।


सहमति पत्र


#नेपालराजनीति #एमाले #नेकपा #केपीशर्माओली #प्रचण्ड #प्रदेशसरकार#संयुक्तसरकार#सहमतिपत्र #PoliticalNews #NepalPolitics