फोटो / कवि

कविता
 

- विक्रमपवन परियार

क्रान्तिकै प्रतीक जस्तो देखिने
तिम्रो काफलको डोको देखेर सरकार डरायो।


सायद यही कारण हुन सक्छ,
रातो काफल देखेर।


काफल त गरिबहरूले बेच्छन्,
र काफल बेचेको पैसाले
नुन किन्छन्,
तेल किन्छन्,
चामल किन्छन्।


किताब बेच्नलाई त
उनीहरूसँग किताब छैन।


सरकार, जिन्दगी त
काफल बेच्नेहरूको पनि हो,
सडकपेटीमा चटपटे बेच्नेहरूको पनि हो।


इतिहास नपढेकाहरूलाई लाग्छ,
यो देश धनीहरूले बनाएका हुन्।


सरकार यहाँनेर विभेद गर्छ,
काफल बेच्नेलाई लात हानेर लखेट्छ,
त्यही सडकमा किताब बेच्नेलाई सम्मान गर्छ।


कुरा यहाँनेर मिल्दैन।


सरकार गरिबहरूलाई मार्न चाहन्छ,
तर काफल बेच्ने आमा
बाँच्न चाहन्छिन्।


#काफलबेच्नेआमा #गरिबकोसंघर्ष #सामाजिकन्याय #वर्गीयविभेद #नेपालीकविता #विक्रमपवनपरियार #जनताकोआवाज