सेती प्रादेशिक अस्पतालमा हाइड्रोसिलको निःशुल्क अपरेशन सेवा सुरु


 तस्ततस्बिर /  प्रादेशिक अस्पताल


- कमल बिरही थापा

धनगढी, कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा हाइड्रोसिल रोगबाट पीडित बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया (अपरेशन) सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालद्वारा जारी सूचनाअनुसार हाइड्रोसिल भएका बिरामीहरूले नागरिकताको फोटोकपीसहित अस्पतालको कोठा नं. ४२ (सर्जरी ओपीडी) मा सम्पर्क गरी सेवा लिन सक्नेछन्। अस्पतालले इच्छुक सेवाग्राहीहरूलाई २०८३ साल असार २० गतेभित्र आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको छ।


हाइड्रोसिल पुरुषहरूको अण्डकोष वरिपरि पानी जम्ने समस्या हो, जसले सुन्निने तथा असहजता निम्त्याउन सक्छ। समयमै उपचार गरिएमा शल्यक्रियामार्फत यो समस्या पूर्ण रूपमा निको पार्न सकिने चिकित्सकहरू बताउँछन्। प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको यस निःशुल्क कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका तथा उपचारको पहुँचबाट टाढा रहेका धेरै बिरामी लाभान्वित हुने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ।



#Hydrocele #HydroceleSurgery #SetiProvincialHospital #Dhangadhi #Sudurpashchim #FreeTreatment #FreeSurgery #HealthNews #NepalHealth #SudurpashchimGovernment #HealthcareForAll #NepalNews #RaralayaViews #Kailali #PublicHealthNepal