रवि लामिछानेसँग भेटपछि मोदी : नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन भारत तत्पर


तस्बिर  / दाँया  नरेन्द्र मोदी , बाँयाँ रबि लामिछने   

काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटलाई सुखद भन्दै नेपालसँग साझा र समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोदीले रवि लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन्। उनले साझा र समृद्ध भविष्य निर्माणका लागि सहकार्य गर्ने लामिछानेको चाहनाको स्वागत गर्दै नेपाललाई भारतको ‘Neighbourhood First’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा वर्णन गरेका छन्।

तस्बिर /   रबि, मोदी भेटवार्ता 
मोदीले नेपाल–भारतबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तत्पर रहेको उल्लेख गरेका छन्। साथै, दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा अझ उचाइमा  पुर्याउने विचार आफ्नो सामजिक सञ्जाल मार्फत  व्यक्त गरेका छन ।



#RabiLamichhane #NarendraModi #NepalIndiaRelations #Nepal #India #RSP #Diplomacy #NeighbourhoodFirst #NepalPolitics #NewsUpdate