हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढी–पहिरोका कारण विद्यालयसहित स्थानीय बासिन्दाका घरहरू पुरिएका छन्। विपद्का कारण लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयका अनुसार बाढीले बस्ती, घरगोठ तथा विद्यालय संरचनामा ठूलो क्षति पुर्याएको छ। प्राकृतिक विपद्का कारण धेरै परिवार विस्थापित भएका छन् भने बालबालिकाको पठनपाठनसमेत प्रभावित बनेको छ। विपद्पछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ। साथै क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ। मनसुन सुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी–पहिरोको जोखिम बढ्दै गएको छ। स्थानीय तह तथा सरोकारवाला निकायलाई पूर्वतयारी, सतर्कता र विपद् व्यवस्थापनमा सक्रिय हुन आग्रह गरिएको छ।
#Humla #Nepka #Flood #Landslide #Karnali #Disaster #Monsoon #NepalNews #Relief #Rescue