इरानमा प्रदर्शनपछि तीन जनालाई फाँसी, हजारौँको मृत्युको दाबी

  



 

फोटो / ABC News

  एजेन्सी । सरकारले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी हत्या आरोपमा तीन जनालाई फाँसी दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनीहरू दुई प्रहरीको हत्या अभियोगमा दोषी ठहरिएका थिए।


यस वर्षको सुरुवातमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको दमनका कारण हजारौँ प्रदर्शनकारी मारिएको विभिन्न रिपोर्टहरूले जनाएका छन्। केही स्रोतले मृतक संख्या ३ हजारभन्दा बढी देखाएका छन् भने अन्यले यो संख्या अझै बढी हुनसक्ने दाबी गरेका छन्। मानव अधिकार समूहका अनुसार हालसम्म हजारौँको मृत्यु पुष्टि भएको छ र धेरै घटनाको छानबिन जारी छ।