अमेरिका बस्ने व्यक्ति होइन र मैले अमेरिका देखेकी पनि छैन। त्यसैले अमेरिकासम्बन्धी मैले उल्लेख गरेको विषयको सत्यता पुष्टि गर्ने प्रमाण अहिले मसँग छैन। यसका लागि म पुनः हृदयदेखि क्षमा चाहन्छु।
केही दिनअघि मैले महिनावारीसम्बन्धी जनचेतनामूलक सामग्री टिकटक र रिल्समार्फत सार्वजनिक गरेकी थिएँ। ती सामग्री हेरेपछि अमेरिकामा बस्ने मेरा एक शुभचिन्तकले मलाई फोन गर्नुभएको थियो। कुराकानीका क्रममा उहाँले आफ्नो क्षेत्रमा बस्ने अछामका एक परिवारमा अहिले पनि महिनावारी भएका महिलालाई घरभित्र बस्न नदिई बाहिरको छुट्टै कोठामा बस्ने चलन रहेको बताउनुभएको थियो। त्यतिबेला मैले उहाँसँग सम्बन्धित व्यक्तिको नाम वा अन्य विवरण सोधिनँ ।
त्यही जानकारीलाई विश्वास गरेर मैले अन्तर्वार्ताका क्रममा उल्लेख गरेँ। पछि त्यस विषयमा थप पुष्टि गर्ने प्रयास गर्दा उहाँसँग पुनः सम्पर्क हुन सकेन। त्यसैले मैले उल्लेख गरेको विषयको प्रमाण प्रस्तुत गर्न सकेकी छैन। मेरो उक्त अभिव्यक्तिका कारण कसैको भावना वा आत्मसम्मानमा चो'ट पुगेको भए त्यसप्रति म पुनः हृदयदेखि क्षमा चाहन्छु।
- गायिका इब्शल सन्ज्याल
#IbshalSanjyal #स्पष्टीकरण #महिनावारी #RaralayaViews